Wednesday, 20 June 2018

हल्लै हल्लामा चलेको देश-'नेपाल' ( सामाजिक कथा )



सडकको किनारमा एक अधबैसें लोग्ने मान्छेको लाश शरीरै भरि घाउ बोकेर मुडा झैँ लडेको छ । वरपर त्यो लाश हेर्ने मान्छेको भिड देखिन्छ । पुलिसहरु पनि त्यो लाशको मुचुल्का उठाउदै छन् । पत्रकारहरु पनि आफ्नो नोट बुकमा त्यहाँको रिपोर्ट तयार पार्दै छन्,कोहि त्यो लाशको तस्बिर कोण कोण बाट आफ्नो क्यामरामा कैद पार्दै छन् । कोहि पत्रकारहरु त्यहाँको वस्तुस्थिति प्रत्यक्ष प्रसारण गर्नका निम्ति लागि परेका छन् । कसैलाई थाहा छैन त्यो कसको लाश हो र कसरि सडकको किनारमा आफ्नो देह बिसायो ??

सडकमा धेरै गाडीहरु लाशलाई नजर लाउदै गैसक्यो र आउने क्रम पनि जारी छन् । कसैले पिच्च थुक्दै लाश लाई पार गरि आफ्नो गाडी गन्तब्य तर्फ हुईकाउँदैछन् त कोहि चुक चुक गर्दै गन्तब्य तर्फ लाग्दै छन् । जति मान्छेको नजर पुग्छ त्यति नै त्यहाँ गाँइ.गाँई.गुँई..गुँई मचिन्न थाल्छ । केहि बेर अघि सम्म लाशको बारेमा सबै अनविज्ञ थिए | केहि समय अन्तरालमै त्यो लाशको बारेमा सयौं कुराहरु उठी सकेको थियो ।.
.


कोहि भन्दै थियो विचरा कहाँको मान्छे हो कसरि मृत्यु भो ? कोहि भन्दै थियो यो एक नम्बरको डाँका जस्तो छ । कोहि भन्दै थियौ होइन यो त हाम्रै गाउँ घरमा हंसिया,कोदालो संग अन्न साट्ने बिर बहादुर बि .क. जस्तो छ | यस्तै यस्तै हल्लै हल्लामा त्यो सडक जाम हुन्छ । केहि मगज बिग्रेका युवाहरुले गाडी तोडफोड गर्न थाल्छन,लामो दुरीका बसका युवतीहरु प्रति कुदृष्टि राखेर अश्लिल शब्दहरु प्रयोग गर्छन । यतिकैमा यातायात व्यवसायीहरुले पनि यातायात बन्द गरेर नाराजुलुस लाउन थाल्छन, आफ्नो तोडफोड भएका गाडीको क्षतिपुर्ती दाबी गर्दै सरकार विरुद्द चर्का नारा लाउछन ।

                                                                      पुलिसहरु मुक दर्शक बनेर बसेको हुन्छन । राता रात यो एउटा बेवारिसे लाशले राष्ट नै तताउँछ । यै लाशको नाममा कयौं पार्टीहरुले हल्लै हल्लाको भरमा सडकमा सरकार विरुद्द आन्दोलन मच्चाउँछ । सदन अबरुद्द गर्छ | तर कसैलाई थाहा छैन त्यो कसको लाश हो र कसरि मृत्यु भो ?? तर पनि सबै भन्दै छन् आफु निकटका कार्यकर्ता हो । अनि कोहि भन्दै छन् यो दलित भएकै कारण मृत्युवरण गर्नु परेको हो । विभिन्न सामाजिक संघसंस्था पनि हो मा हो थप्दै आन्दोलनको घोषणा गर्छन । मानवअधिकारी वादीहरु र नागरिक समाज पनि मान्छे पिच्छे विरोध गर्दै छन् ।

                                                                                                                यस्तै यस्तै विरोध र अन्दोलानै आन्दोलनमा दिन बित्छ, हप्ता पुग्छ अझै पनि त्यो निर्दोष लाश सडकमै बेवारिसे अवस्थामा पल्टी रहन्छ र संघसंस्था र पार्टीका टाउकेहरुको निम्ति त्यो एक बिक्रीमा राखेको सामान बन्छ र त कोहि यति लाख क्षतिपूर्ति चाहिन्छ भन्दै थियो त कोहि यसलाई अज्ञात तत्वले हत्या गरेकोले शहिद घोषणा गर्नु पर्छ भन्दै मच्चिरहेको थियो ।
                                 अनि जति समय बित्दै जान्छ त्यति नै नयाँ रुप लिन थाल्छ त्यो घटनाले । सडक तताउने तताकै छन्,सदन तताउने सदन तताउदै छन् सरकार बिरुद्द । अनि सरकार बिबश भएर त्यो आन्दोलन मत्थर पार्न अनि त्यो लाशको अन्त्यष्टिको निम्ति,तिनै अन्धधुन्द विरोध गर्नेहरु मध्य केहिको संल्गनतामा अनुसन्धान आयोग गठन हुन्छ । निक्कै दिनको अनुसन्धान पछी थाहा हुन्छ त्यो एकजना अधिक मादक पदार्थ पिई मृत्यु भएका एक नाम्ले (भरिया) जो हात मुख जोड्नका निम्ति गाउँ छोडी काठमाडौँ उपत्यकामा काम गर्न निस्केका र नेपाल बन्दले बीचबाटोमा अलपत्र परेका यात्रुको लाश हो भन्ने । अझै पनि पार्टीका टाउकेहरु चुप लाग्ने स्थितिमा छैन ।

Monday, 18 June 2018

...Nepal Aayo

अध्ययन गर्न भनेर बोइङ्ग चढेर विदेश लाग्यो ।
विदेश लागेको तेस्रो वर्ष छुट्टी रे भनेर उ सुट-बुटमा सजिएर घर आयो।
त्यसपछि उसको पढाइको साथै काम-धाम पनि उतै चल्ने रे भन्ने हल्ला आयो ।
पढाइ सक्केको ३ वर्षपछि बिहे गर्न भनेर फेरि आयो ।
करिब १० वर्षपछि बाबुको मृत्युको खबर पुगेपछि आयो ।
अर्को पन्ध्र वर्षमा आमाको अन्तिम अनुहार हेर्न आयो ।
सुनिन्थ्यो त्यसपछि उसलाई स्वदेशमै फर्कने रहर आयो ।
अर्को दशक बित्यो, तर ‘उता बस्नै मन छैन रे’ भन्ने मात्र खबर आयो ।
कहिले केटाकेटीको पढाइले अल्झेको त, कहिले सपरिवार नै फिर्ने खबर आयो ।
नेपालमै बस्छु, नेपालमै मर्छु भन्छ भन्ने इच्छा उसमा उग्र आयो ।
समय बित्तै गयो, तर ऊ हैन्, उ आउने खबर मात्रै आयो ।
धेरै वर्ष फेरि बित्दा एउटा वैराग्यको खबर आयो ।
सुनियो कि काठको बाकस भित्र हालिएको उसको लास नेपाल आयो ।
By Subash poudelInspired by πrX